काठमाडौंः १३ औँ दक्षिण एसियाली केलकुद (साग) अन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको फाइनलका लागि नेपाल र बंगलादेशबीचको खेलमा नेपालले अग्रता कायमै राखेको छ ।
खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
यसैबीच नेपाली टिमका क्याप्टेन सुजल श्रेष्ठ घाइते भएका छन् । उनको स्थानमा सेसेहाङ आङदेम्बे खेल्दै छन् ।