बिकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण आवश्यकः सभापति देउवा

बागलुङ्गः नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धि र बिकासका लागि धार्मिक एबं पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्धन गर्नुपर्ने बताएका छन् ।

बागलुङको कुडुले फेदीस्थित श्री रंङ्ग बैङ्कटेश्वर मन्दिर परिसरमा निर्मित शालग्राम संग्राहलयको आइतबार उद्घाटन गर्दै उनले कालिगण्डकी र शालग्राम शिला धार्मिक मात्र नभै समग्र विकासका लागि महत्वपुर्ण मानिने बताए ।

उनले लोप हुँदैै गएको शालग्राम शिलाको संरक्षण तथा धर्म संस्कृतिको माध्यामबाट स्वामी कमलनयनाचार्यले शुरु गरेको योजना सफल बनाउनका लागि सबैले साथ दिनुपर्नेमा जोड दिए ।

हिन्दु धर्मालम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्दैै आएको शालग्राम शिला लोप हुन थालेपछि संरक्षणका लागि भुगर्भ्भित्र सुरुङ्ग निर्माण गरी सङ्गालय निर्माण गरिएको रंङ्ग बैङ्कटेश्वर मन्दिर त्रिपती बालाजी धाम कुडुले फेदीका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

करिब ७६ मिटर लामो सुरुङ खनि सङ्गालय निर्माण गरिएकोसंग्रालय भित्र धाममा रहेका २४ हजार शालग्राम र मुस्ताङ्गको मुक्तिनाथ लगायतका स्थानमा सङ्कलन गरिएका ७५ हजार गरी झण्डै एक लाख शालग्राम एकैसाथ दर्शन गर्न मिल्ने व्यवस्था गरिएको छ ।

स्वामी कमलनयनाचार्यको सक्रियतामा दुई बर्ष अगाडी भुगर्भ्भित्र सुरुङ्ग निर्माण गरी संग्राहलयको थालनी गरिएको थियो । संग्राहालय निर्माणका लागि पाँच करोड बढि खर्च भईसकेको र अझै केही संरचना निर्माण गर्न बाँकी रहेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्