१३औं साग फुटबल: बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौंः १३ औँ दक्षिण एसियाली केलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।

बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

नेपालका लागि खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

अब नेपालले मंगलबार स्वर्णका लागि भुटानसँग स्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गर्दै सागमा विजयी सुरुवात गरेको थियो ।

कमेन्ट गर्नुहोस्