काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पनि भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ ।
भारतले पहिलो विकेटकारुपमा ओपनर केएल राहुललाई ११ रनमा गुमाएको हो । उनी ३.१ ओभरको पहिलो बलमै खारी पियरेको बलमा ‘क्याच आउट’ हुन पुगे ।
अघिल्लो खेलमा राहुलले शानदार ब्याटिङ गरेका थिए । उनले उक्त खेलमा ४० बलमा ६२ रन बनाएका थिए । आज भारतले टस हारेर ब्याटिङको मौका पाएको हो ।
यो समाचार तयार पार्दासम्म भारतले ५ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको छ । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।