‘डिसहोम क्रेडिट सर्भिस’ अब ५ दिनसम्म पाइने

काठमाडौंः डिस मिडिया नेटवर्क प्रा.लिले ‘क्रेडिट सर्भिस’ को म्याथ थप गरेर ५ दिन पुर्याएको छ । डिस होमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद थप गरिएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्ने छन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ । यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ ।’

यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारको अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने डिसहोमले जनाएको छ ।

सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकलाई व्यवधानरहित सेवा उपलब्ध गराउनु रहेकोसमेत डिसहोमले स्पष्ट पारेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस (सुविधा) अवधिको रुपमा उपलब्ध गराइने छ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्वीत हुनेछन् । यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

कमेन्ट गर्नुहोस्