वेस्ट इन्डिजलाई दोस्रो सफलता, आज पनि रोहित सस्तैमा आउट

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा भारतले सस्तैमा २ विकेट गुमाएको छ ।

भारतले दोस्रो विकेटका रुपमा उपकप्तान रोहित शर्मालाई गुमाएको हो । उनी ७.४ ओभरमा व्यक्तिगत १८ बलमा १५ रन बनाएर आउट भए । उनलाई वेस्ट इन्डिजका फास्ट बलर जसन होल्डरले ‘क्लिन बोल्ड’ गर्न सफल भए ।

यसअघि भारतले पहिलो विकेटकारुपमा ओपनर केएल राहुललाई ११ रनमा गुमाउन पुग्यो । उनी ३.१ ओभरको पहिलो बलमै खारी पियरेको बलमा ‘क्याच आउट’ भए ।

अघिल्लो खेलमा राहुलले शानदार ब्याटिङ गरेका थिए । उनले उक्त खेलमा ४० बलमा ६२ रन बनाएका थिए । आज भारतले टस हारेर ब्याटिङको मौका पाएको हो ।

यो समाचार तयार पार्दासम्म भारतले ८ ओभरमा २ विकेट गुमाएर ५८ रन बनाएको छ । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्