टी–२० सिरिजः वेस्ट इन्डिजविरुद्ध दुवेको शानदार अर्धतक

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा भारतीय टिमका अलराउन्डर शिवम दुवेले शानदार अर्धतक बनाएका छन् । उनले ४ छक्का र २ चौकाको मद्दतमा २७ बलमा अर्धशतक बनाएका हुन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शिवमको यो पहिलो अर्धशतक हो । उनले आज ३० बलमा ५४ रन बनाउँदै आउट भएका छन् । योसँगै भारतलाई तेस्रो झड्का लागेको छ । शिवमलाई हेडेन वाल्शले क्याच आउट गराए ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले दोस्रो विकेटका रुपमा उपकप्तान रोहित शर्मालाई गुमायो । उनी ७.४ ओभरमा व्यक्तिगत १८ बलमा १५ रन बनाएर आउट भए । उनलाई वेस्ट इन्डिजका फास्ट बलर जसन होल्डरले ‘क्लिन बोल्ड’ गर्न सफल भए ।

यसअघि भारतले पहिलो विकेटकारुपमा ओपनर केएल राहुललाई ११ रनमा गुमाउन पुग्यो । उनी ३.१ ओभरको पहिलो बलमै खारी पियरेको बलमा ‘क्याच आउट’ भए ।

अघिल्लो खेलमा राहुलले शानदार ब्याटिङ गरेका थिए । उनले उक्त खेलमा ४० बलमा ६२ रन बनाएका थिए । आज भारतले टस हारेर ब्याटिङको मौका पाएको हो । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

पिटिए कप्तान पोलार्ड

भारत विरुद्धकाे दोस्रो खेल वेस्ट इन्डिज टिमका कप्तान किरण पोलार्ड महँगा सावित भएका छन् ।

पहिलो ओभरमा २ रन मात्र दिएका पोलार्डले आफ्नो दोस्रो ओभरमा भने २६ रन खर्चिए । उनको दोस्रो ओभरमा शिवम दुवेले ३ छक्का हिर्काएका थिए ।

कमेन्ट गर्नुहोस्