भारतको चौथो विकेट पतन, कप्तान कोहली सस्तैमा आउट

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा भारले चौथो विकेट गुमाएको छ ।

भारतले चौथो विकेटका रुपमा कप्तान विराट कोहलीलाई १९ रनमा गुमाएको हो । उनलाई १३.२ ओभरमा केस्रिक विलियम्सले ‘क्याच आउट’ गराए ।

यसअघि भारतले शिवम दुवेलाई ५४, उपकप्तान रोहित शर्मा १५, केएल राहुललाई ११ रनमा गुमाइसकेको छ ।

अघिल्लो खेलमा राहुलले शानदार ब्याटिङ गरेका थिए । उनले उक्त खेलमा ४० बलमा ६२ रन बनाएका थिए ।

आज भारतले टस हारेर ब्याटिङको मौका पाएको हो । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

पिटिए कप्तान पोलार्ड

भारत विरुद्धकाे दोस्रो खेल वेस्ट इन्डिज टिमका कप्तान किरण पोलार्ड महँगा सावित भएका छन् ।

पहिलो ओभरमा २ रन मात्र दिएका पोलार्डले आफ्नो दोस्रो ओभरमा भने २६ रन खर्चिए । उनको दोस्रो ओभरमा शिवम दुवेले ३ छक्का हिर्काएका थिए ।

कमेन्ट गर्नुहोस्