७ हजार घूससहित सई पक्राउ

दाङः इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हेमन्त केसीलाई घूससहित पक्राउ गरिएको छ ।

केसीलाई घोराही–१५ स्थित जिल्ला प्रशासन अगाडिको वली होटलमा आइतबार ७ हजार रुपयाँ घूस लिइसकेको अवस्थामा समातिएको हो ।

केसीले सार्वजनिक अपराधमा मुद्दा चलेका व्यक्तिलाई छुटाइदिएबापत घूस माग्ने गरेको उजुरी परेको थियो ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्