टी–२० सिरिजः भारतद्वारा वेस्ट इन्डिजलाई १७१ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलु टिम भारतले वेस्ट इन्डिजलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।

उसका लागि शिवम दुवेले ५४, ऋषभ पन्तले नटआउट ३१, कप्तान विराट कोहलीले १९, रोहित शर्माले १५, केएल राहुलले ११, श्रेयस अय्यरले १० रन बनाउँदा अन्यले भने सन्तोषजनक ब्याटिङ गरेनन् ।

बलिङमा वेस्ट इन्डिजका हेडन वाल्स, केस्रिक विलियम्सले २–२, सेल्डन कट्रेल र खारी पियरेले एक–एक विकेट लिए । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्