रसु पन्तले जितिन् ‘किड क्विन नेपाल–२०१९’ को उपाधि

काठमाडौंः रसु पन्तले १७ औ संस्करणको ‘किड क्विन नेपाल–२०१९’ को उपाधि आफ्नो नाममा पार्न सफल भएकी छिन् ।

नेप्लिज फेशन होमको आयोजनामा शनिबार बेलुका जमल स्थित राष्ट्रिर्य नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा २१ जना प्रतियोगीलाई पछि पार्दै पन्तले ताज पाएकी हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको आतिथ्यमा सम्पन्न प्रतियोगितामा फस्ट रनरअपको उपाधि रोशिका लामाले र सेकेन्ड रनरअपको उपाधि कृष्मा ढुँगानाले प्राप्त गरिन् ।

प्रमुख शाक्यले प्रतियोगितामा सबैजसो नानीहरु प्रतिभावान रहेका र यस्ता प्रतियोगिताले उनीहरुलाई धेरै कुरा सिकाएको बताए ।

अहिलेको बालबालिकालाई प्रतिभा प्रस्तुतिसम्बन्धि यस्ता कार्यक्रमले समाजमा अघि बढ्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत पुर्याउने गरेको धारणाा ब्यक्त गरे ।

नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि आफूहरुले हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका बालिका तथा किशोरीबीच यो प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्