भारतमाथि वेस्ट इन्डिजको शानदार जित, सिरिज बराबरी

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी भएको छ ।

भारतले दिएको १ सय ७१ रनको लक्ष्य वेस्ट इन्डिजले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि लेन्डल सिमन्सले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ६७ रन बनाए ।

याे पनि पढ्नुस  ‘सुपर ओभर’मा अफगानिस्तानद्वारा आयरल्याण्डलाई ९ रनको लक्ष्य

यस्तै निकोलश पूरनले २ छक्का र ४ चौकाको सहयोगमा १८ बलमा नटआउट ३८ रनको योगदान दिए ।

इभन लुइस ४० र शिमरोन हेटमाइर २३ आउट भए । बलिङमा रविन्द्र जडेजा र वासिङटन सुन्दरले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः शिखर धवनको स्थानमा सञ्जुले लिए

उसका लागि शिवम दुवेले ५४, ऋषभ पन्तले नटआउट ३१, कप्तान विराट कोहलीले १९, रोहित शर्माले १५, केएल राहुलले ११, श्रेयस अय्यरले १० रन बनाउँदा अन्यले भने सन्तोषजनक ब्याटिङ गरेनन् ।

बलिङमा वेस्ट इन्डिजका हेडन वाल्स, केस्रिक विलियम्सले २–२, सेल्डन कट्रेल र खारी पियरेले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतले दियो न्यूजिल्याण्डलाई १६६ रनको लक्ष्य

जितसँगै तीन खेलको सिरिज वेस्ट इन्डिजले १–१ को बराबरी बनाएको छ । भारत र वेस्ट इन्डिजबीचको सिरिजको अन्तिम खेल ११ नोभेम्बर हुनेछ ।

कमेन्ट गर्नुहोस्