नेपालको दोस्रो विकेट पतन, कप्तान मल्ल २२ रनमा आउट

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा कांस्य पदकका लागि भइरहेको खेलमा माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई २२ रनमा गुमाएको हो । छक्का प्रहार गर्ने धुनमा लाग्दा उनी ८.४ ओभरमा क्याच आउट हुन पुगे ।

यसअघि नेपालले पारस खड्कालाई ३ रनमा गुमायो । उनी पनि छक्का प्रहार गर्ने धुनमा लाग्दा १.५ ओभरमा क्याच आउटको सिकार भए । नेपालले यो समाचार तयार पार्दासम्म १० ओभरमा २ विकेट गुमाएर ५८ रन बनाएको छ ।

याे पनि पढ्नुस  बंगलादेशविरुद्ध नेपालको अग्रता कायमै, कप्तान सुजल श्रेष्ठ घाइते

यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको माल्दिभ्सले निर्धाििरत २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

उसका लागि लीम शफीगले सर्बाधिक नटआउट १९ रन बनाए । बलिङमा ललित राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए ।

याे पनि पढ्नुस  सागको अन्तिम दिन आज ५ खेल हुँदै

समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।

याे पनि पढ्नुस  माल्दिभ्सलाई पहिलो झड्का, सुशनलाई सफलता

१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएको थियो । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।

कमेन्ट गर्नुहोस्