अमेरिकाले दिएका दुई स्काई ट्रक काठमाडौं पुगे

काठमाडौंः अमेरिकाले नेपालाई दुई स्काई ट्रक दिएको छ । नेपाली सेनालाई सहयोग भन्दै दिइएका दुई स्काई ट्रक आ काठमाडौं पुगेका छन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ‘एम–२८’ स्काई ट्रक विपद व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसार गर्न प्रयोग हुनेछन् ।

जसमा १८ जना यात्रु र २३ किलो सामान बोक्न मिल्छ । पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि ती स्काई ट्रक प्रयोगमा आउने उनले बताए । ति दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको छ ।

२०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरेपछि सोही निर्णय अनुसार नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो । यो भन्दा पहिले ४ वटा स्काई ट्रक दिने घोषणा गरेको भएपनि थप दुई जहाज २०२१ सम्म आइपुग्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्