४४ राउण्ड गोलीसहित नुवाकोटबाट २ जना पक्राउ

बेलकोटगढीः नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटाबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी तारुकाको टोलीले गोलीसहित रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई प्रक्राउ गरेको हो ।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्