भारतमा नागरिकता संशोधन विधेयक सदनमा पेश भएपछि ठूलो हंगामा

नयाँ दिल्लीः भारतको केन्द्र सरकारका तर्फबाट गृहमन्त्री अमित शाहले लोकसभामा नागरिकता संशोधन विधेयक पेश गरेका छन् । यो सँगै संसदमा चर्को बिरोध समेत शुरु भएको छ ।

भारतले ६ दशक पुरानो नागरिकता काुनन १९५५ मा संशोधन गर्न लागेको हो । यो संशोधनले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैर–मुस्लिम शरणार्थीलाई भारतीय नागरिकता दिने प्रक्रिया तीब्र हुने छ ।

सरकारले आज लोकसभाबाट पारित गरेर भोली मंगलबार नै राज्यसभाबाट पारित गर्ने योजना बनाएको छ । आज गृहमन्त्री अमित शाहले विधेयक प्रस्तुत गरेलगत्तै कांग्रेससहित विपक्षी दलले यसको चर्को बिरोध गरे । सदनमा कोलाहल मच्चियो ।

कांग्रेसले नागरिकता विधेयकका माध्यमबाट अल्पसंख्यकहरुलाई निशाना बनाईएको आरोप लगाएको छ । गृहमन्त्रीले भने यो कानुन अल्पसंख्यक विरुद्ध नभएको दावी गरेका छन् ।

भारतीय जनता पार्टी, जनता दल यूनाइटेड, अकाली दल र लोक जनशक्ति पार्टी नागरिकता विधेयकको पक्षमा छन् । भारतीय कांग्रेस, तृणमूल कांग्रेस, वामपन्थी दल र समाजवादी पार्टीले भने बिरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्