योगी सरकारको ठूलो घोषणाः यौन दुव्र्यवहारका मुद्दा हेर्न २१८ नयाँ फाष्ट ट्र्याक अदालत स्थापना गरिने

लखनऊ । उत्तर प्रदेशमा भारतीय जनता पार्टीको सरकारले बलात्कार र यौनशोषणका मुद्दा हेर्नका लागि मात्रै नयाँ फाष्ट ट्रयाक अदालत स्थापना गर्ने निर्णय गरेको छ ।

पीडितलाई तत्काल न्याय दिलाउनका लागि २१८ वटा नयाँ अदालत स्थापना गरिने निर्णय गरिएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा आयोजित प्रदेश क्याबिनेट बैठकले यसको स्वीकृति दिएको छ ।

याे पनि पढ्नुस  बलात्कारको मुद्दा गाउँमै मिलाएको आरोपमा ६ जना पक्राउ

महिलाहरुमाथि बढदो अपराध र झंझटिलो कानुनी प्रक्रियालाई ध्यानमा राखेर यो निर्णय गरिएको योगीले बताएका छन् ।

यो सँगै १४४ वटा नियमित कोर्ट, २१८ फाष्ट ट्र्याक कोर्ट र ७४ वटा बाल दूराचारसम्बन्धी फैसल ागर्ने पाक्सो कोर्ट स्थापना हुनेछन् । उत्तर प्रदेशमा बालबालिकासँग जोडिएका ४२, ३७९ र महिलासँग जोडिएका २५७४९ मुद्दा दर्ता छन् । अब यी सबै मुद्दाको सुनुवाई नयाँ पाक्सो र फाष्ट ट्रयाक अदालतबाट गरिनेछ ।

याे पनि पढ्नुस  ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत

कमेन्ट गर्नुहोस्