मिस यूनिभर्स २०१९ को घोषणा, ताजसँगै छल्किए जोजीका आँसु

काठमाडौं । यसवर्षको मिस यूनिभर्सको उपाधि दक्षिण अफ्रिकाकी जोजिबिनी टूंजीले जितेकी छिन् । संसारभरीबाट प्रतियोगितामा सहभागी ९० जना सुन्दर युवतीहरुलाई हराउँदै उनले यो उपाधि जितेकी हुन् ।

मिस यूनिभर्सको सेमी फाइनलमा २० जना सुन्दरीहरु छनौट भएका थिए । सुन्दरताको अर्थ के हुन्छ भन्ने प्रश्नको निकै भावकु जवाफ दिएर उनले यो उपाधि हासिल गरेकी हुन् ।

“म जुन रङको छालासँग जुन देशमा जन्मेकी छु, त्यहाँ पारम्परिक अर्थमा मलाई सुन्दर मानिदैन । म चाहन्छु यो उपाधि लगेर मेरो देशमा फर्किंदा मेरो देशका बच्चाहरु मलाई देखेर गर्व गरुन । र, आफूलाई सुन्दर ठानुन ।”

जोजिबिनीलाई क्राउन लगाउँदा उनले गोल्डन कलरको गाउन लगाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्