काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पूरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ ।
आज श्रीलंकालाई ७ विकेटले हराउँदै बंगलादेशले स्वर्ण जितेको हो । फाइनलमा श्रीलंकाले दिएको १ सय २३ रनको सामान्य लक्ष्य बंगलादेशले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि सैफ हसनले ३३, सौम्य सरकारले २७, नजिमुल हुसैन सान्तोले अविजित ३५ र यासिर अलिले १९ रन बनाए ।
यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
उसका लागि शम्मु आशानले सर्बाधिक २५ रन बनाए । बलिङमा बंगलादेशका हसन महमूदले सर्बाधिक ३ विकेट लिए ।