फुटबल टिमका कप्तान निरु र मनमायाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

पोखराः महिला राष्ट्रिय फुटबल टिमका कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै निरु र मनमायाले सन्यासको घोषणा गरे ।

सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना उनीहरूको अधुरै रह्यो । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् ।

सागको फाइनलमा भारतसँग पराजित भएपछि टोलीको मुख्य प्रशिक्षकबाट हरि खड्काले राजीनामा दिएका छन् । सागका अहिले सम्म तीनै पटक फाइनलमा नेपाल भारतसँग नै पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्