बक्सिङमा भूपेन्द्रलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४७ पुग्यो

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् ।

६४ केजी तौल समूहमा भुपेन्द्रले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै स्वर्ण जित्न सफल भए ।

यो नेपालले बक्सिङमा जितेको दोस्रो स्वर्ण पदक हो । यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी थिइन् ।

यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्