गौरिकाले जितिन् चौथो स्वर्ण पदक

काठमाडौंः महिला सय मिटर फ्री स्टाइलमा गौरिका सिंहले स्वर्ण जितेकी छन् । जारी सागमा उनको यो चौंथो स्वर्ण हो । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।

उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् ।

भारतकी शिभांगीले रजत जितिन् । शिभांगीले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन् ।

योसँगै सागमा नेपालको स्वर्ण ४९ पुगेको छ ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् ।

कमेन्ट गर्नुहोस्