उमाशंकर जोशीको ‘तेरै हल्लीचल्ली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायक उमाशंकर जोशीको नयाँ डिज गीत ‘तेरै हल्लीचल्ली’ सार्वजनिक गरिएको छ । उनको यो नयाँ गीत आज हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एकपछि अर्को गीतको सफलता पछि गायक जोशीले ‘तेरै हल्लीचल्ली’ बजारमा ल्याएका हुन् ।

यो गीतमा उनीसँगै सबिन बुढाले पनि स्वरमा साथ दिएका छन् । ‘तेरै हल्लीचल्ली’मा गायकद्वय जोशी र बुढाकै शब्द–संगीत रहेको छ ।

गीतको भिडियोमा जगत तिरुवाको र्‍याप, एलिसा रायमाझी, सुन्दर बोहरा र लोकेश बीसीको अभिनय देख्न सकिन्छ ।

यस्तै बिमल मगरको कोरियोग्राफी रहेको भिडियोलाई बसु न्यौपानले छायांकन, अविनाश डिसीले सम्पादन र दिनेशसिंह ठकुरीले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्