नेपाल आइडल बुद्ध लामाले ल्याए ‘लै बरी लै’ (भिडियो)

काठमाडौंः नेपाल आइडल सिजन–१ का विजेता बुद्ध लामाले अर्को नयाँ गीत बजारमा ल्याएका छन् ।

उनले ‘लै बरी लै’ बोलको तामाङ सेलाे बजारमा ल्याएका हुन् । गीतमा आसुसेन लामाको शब्द–संगीत रहेको छ ।

‘लै बरी लै’को भिडियोमा गायक लामासँगै सुस्मिता गोलेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई युवाराज वाइवाले निर्देशन, विकास दाहालले सम्पादन, उत्सव दाहालले छायांकन र फडिन्द्र राइले एरेन्ज गरेका हुन् ।

कमेन्ट गर्नुहोस्