बैठकमा सहभागी वडा सदस्यको मृत्यु

तनहुँः बैठकमा सहभागी जिल्लको व्यास नगरपालिका–१० का वडा सदस्य हेमराज पोख्रेलको हृदयघातका कारण सोमबार मृत्यु भएको छ । वडा कार्यालयको बैठक भइरहेको बेला ५३ वर्षीय पोख्रेल बेहोस भइ लडेका थिए ।

तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले अस्पताल पुर्याएपछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको बताए ।

गाउँका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको विषयमा वडा कार्यालयमा बैठक बसेको थियो । बैठकलगत्तै पोख्रेललाई एक्कासी हृदयघात भएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

कमेन्ट गर्नुहोस्