काठमाडौंः १४ औँ दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा हुने भएको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।
बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ । १३ औं साग भने मंगलबार समापन गरिँदैछ ।