साग फुटबल फाइनलः २४ घण्टाअघि नै सकियो टिकट!

काठमाडौंः १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि भोलि (मंगलबार) नेपाल र भुटान भिड्दै छन् ।

नेपाल र भुटानबीचको फाइनल खेल दशरथ रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

लिग चरणका हरेक खेलमा दर्शकको उल्लेख्य साथ पाएको नेपाली फुटबल टिम फाइनलमा पुगेसँगै दर्शकको उत्साह पनि निकै बढेको छ ।

नेपाल र भुटानको खेलका लागि बिक्रीमा राखिएको सबै टिकट बिक्री भैसकेको छ । फाइनलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआईपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य राखिएको थियो ।

सोमबार दिउँसोबाट नै टिकटहरु सकिएको इसेवाले जनाएको छ । फुटबलको टिकटको जिम्मा इसेवाले लिएको छ । फाइनलका लागि १४ हजार टिकट बिक्रीमा राखिएको थियो । तर समर्थकको यस्तो ओइरो लाग्यो कि फाइनलको अघिल्लो दिन नै अनलाइनबाट बिक्री सम्पन्न भयो ।

कमेन्ट गर्नुहोस्