पटेला समुदायिक वन उभोक्ता समितिको साधारणसभा सम्पन्न

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिका–७ पटेलामा रहेको पटेला सामुदायिक वनको १०औं साधारणसभा आज सम्पन्न भएको छ ।

पटेला सामुदायिक वन धनगढीको उत्कृष्ट सामुदायिक बन भित्र पर्दछ । साधारणसभाको उद्घाटन धनगढी उप–महानगरपालिकाका कार्यवाहक नगरप्रमुख हिरासिंह पातलीले गरेका थिए ।

पटेला सामुदायिक वन उपभोक्ता समितिले स्थानीय सरकारले पूरा गर्नुपर्ने कतिपय काम आफै गरेको छ कार्यवाहक नगरप्रमुख पातलीले भने, ‘आगामी दिनमा पनि उप–महानगरपालिका साझेदारी गरेर अगाडि बढ्ने छ ।’

पटेला समुदायिक वन उपभोक्ता समितिले वनबाट भएको आम्दानिले सडक कालोपत्रेसम्म गरेको बताउँदै आयआर्जन र गरिबी निवारणका क्षेत्रमा पनि काम गरेको देख्न पाउँदा खुसी लागेको कार्यबाहक नगरप्रमुख पातलीले बताए ।

धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले पटेला सामुदायिक वनले नगरमै उत्कृष्ठ काम गरेको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सामुदायिक वनको ब्यबस्थापन, रेखदेख र नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ अध्यक्ष रानाले भने, ‘सामुदायिक वन स्थानीय सरकारको अभिन्न अंग पनि हो ।’

पटेला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अर्जुन चौधरीले आफूहरुको प्रयास सामुदायिक वनलाई गरिव र निमुखाको धन बनाउनमा सधैं प्रतिवद्ध रहने बताए ।

कमेन्ट गर्नुहोस्