‘मिस्टर एण्ड मिस मकवानपुर आइडल’को पहिलो अडिसन सकियो

काठमाडौंः मोडल सङ्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा ‘मिस्टर एण्ड मिस मकवानपुर आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरू प्रस्तुत गर्दै आएको मोडल सङ्स नेपालले मकवानपुरमा ‘मिस्टर एण्ड मिस मकवानपुर आइडल’ आयोजना गर्न लागेको हो । प्रतियोगिताको अर्को अडिसन पुष ५ र १२ गते पिज्जा कटर, स्कुल रोड, हेटौंडामा हुँदैछ ।

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुका साथै ‘मकवानपुर लिटल स्टार २०२०’ का उत्कृष्ट १० प्रतिस्पर्धीले भारतमा आयोजना हुने ‘इन्डिया किड्स फेसन वीक’मा सहभागी हुन पाउने छन् । प्रतियोगिताको विजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीलाई विभिन्न म्युजिक भिडियो, विज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजमा समेत सहभागी गराइने आयोजले जनाएको छ ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । प्रशिक्षणमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा जानकारी दिइने बताइएको छ ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ । व्यवस्थापक शाहले सौन्दर्य प्रतियोगिताले मकवानपुर क्षेत्रका युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा सकारात्मक सन्देश दिन सफल हुने दाबी गरे ।

कमेन्ट गर्नुहोस्