बुहारीलाई बलात्कार गरी सासूको हत्या गर्ने यादव पक्राउ

सिरहाः सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी लामो समयपछि पक्राउ परेका छन् ।

सिरहाको भगवानपुर गाउँपालिका–३ का ३८ वर्षीय अजय कुमार यादव एक वर्षपछि पक्राउ परेका हुन् ।

अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी यादवलाई एक बर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत वर्ष कार्तिक ३० रातिको समयमा घरमा कोही नभएको समयमा ३८ वर्षीया महिलालाई बलात्कार गर्ने क्रममा महिलाको ६८ वर्षीया सासू यादवको कुटाइबाट मृत्यु भएको थियो ।

फरार रहेका यादवलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्