सागको अन्तिम दिन आज ५ खेल हुँदै

काठमाण्डौः १३ औँँ दक्षिण एसियाली खेलकुद सागको समापन मंगलबार हुँदै छ । डिसेम्बर १ अर्थात मंसिर १५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताको अन्तिम दिन मंगलबार ५ खेल आयोजना हुने छन् ।

दशरथ रंगशलामा अपरान्ह समापन समारोह सुरुहुनु पूर्व फुटबल खेलको फाइनल हुने छ भने बाँकी अरु खेलहरु त्यसअघि नै सम्पन्न हुने छन् । समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ ।

याे पनि पढ्नुस  महिला म्याराथनमा पुष्पाले जितिन् रजत

नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ बजे, दशरथ रंगशालामा हुने छ । भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान साढे १० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुने छ ।

पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ बजे । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह साढे ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुने छ ।

याे पनि पढ्नुस  बक्सिङ खेलाडी सम्मानित, सागमा स्वर्ण विजेताले पाए २ लाख

बक्सिङमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुने । अपरान्ह १ बजेदेखि अन्तर्राष्ट्रिय खेलकुद परिसर कराते हल सातदोबाटोमा हुने छ । स्क्वासको पनि फाइनल खेल हुने छ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

याे पनि पढ्नुस  १३ औं सागः भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कांस्यको लागि खेल्नेछ । जुडोमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने फाइनल साढे १२ बजे देखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने छ ।

कमेन्ट गर्नुहोस्