अफ्रिकी युवतीले जितिन् २०१९ विश्व सुन्दरीको ताज

काठमाडौंः आइतबार सम्पन्न विश्व सुन्दरी (मिस युनिभर्स) को ताज अफ्रिकी युवतीले जितेकी छन् । प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् ।

महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । उनले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् ।

‘म यस्तो संसारमा हुर्केँ जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ’ भाषणमा विजेता तुन्जीले भनिन् । एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनले ताज पहिरिएकी थिइन ।

फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्