बीबीएल नजिकिँदै, को–को छन् सन्दीपको टिममा स्टार क्रिकेटर?

काठमाडौंः यो सिजनको बिग बास लिग (बीबीएल) १७ डिसेम्बरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । यो पटकको बीबीएलमा पनि नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने छन् ।

गत सिजन मेलबर्न स्टार्सबाट खेलेका उनले यो संस्करण पनि त्यही टिमबाट बीबीएल खेल्दै छन् ।

सन्दीपआवद्ध मेलबर्न स्टार्सको पहिलो खेल २२ डिसेम्बरमा छ । मेलबर्नले पहिलो खेलमा होबार्ट हरिकेन्सको सामना गर्दैछ । सन्दीपआवद्ध मेलबर्न गत सिजनको उपविजेता टिम हो ।

यो पटक पनि टिमको नेतृत्व अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले गर्दै छन् । मेलबर्नसँग यो सिजनमा को–को छन् क्रिकेटर? हेर्नुस् सूची–

ग्लेन म्याक्सवेल (कप्तान)
मार्कस स्टोइनिस

निक म्याडिन्सन
निक लार्किन

हिल्टन कार्टराइट
जोनाथन मेर्लो

बेन डंक
पीटर ह्यान्सकम्ब

नाथन कुल्टर नाइल
सेब गोच

एडम जम्पा
क्लिन्ट हिन्चलिफ

डानियल वर्रल
जयक्सन कोलम्यान

सन्दीप लामिछाने
डेल स्टेन

लान्स मोरिस
प्याट ब्राउन
थोमस लाचलान

कमेन्ट गर्नुहोस्