‘ए कान्छा मलाई सुनको तारा’का गायक गुरुङको निधन

काठमाडौंः दार्जीलिङका नेपाली गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो ।

लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ ।

याे पनि पढ्नुस  पूर्वसांसद कार्कीको निधन

अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् । सोमबार निधन भएका गायक गुरुङको बुधबार दार्जीलिङ्गमा अन्त्यष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्