लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ७१ हजार निर्धारण गरिएको सुन आज २ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार ७० हजार ७ सय पुगेको तेजावी सुनको मूल्य आज प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाऊ पनि आज घटेको छ । सोमबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्