१३औं सागः टिकट नपाएपछि दर्शकको विरोध, प्रहरीद्वारा लाठीचार्ज

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार अन्तिम दिन फुटबल हेर्नका लागि टिकट नपाएपछि दर्शकले विरोध जनाएका छन् ।

सो क्रममो त्रिपूरेश्वरस्थित दशरथ रंगशाला बाहिर प्रहरी र दर्शकबीच झडप भएको छ भने प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन् ।

स्वर्णका लागि नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने खेलका लागि टिकट सकिएको आयोजकले बताएपछि दर्शकले विरोध गरेका थिए ।

१५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशाला हुने फाइनल खेलका लागि टिकट खुलेको तीन घण्टा नपुग्दै सकिएको थियो ।राखेपले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ।

 

कमेन्ट गर्नुहोस्