डायलासिसका लागि प्रधानमन्त्री ओली पुनः अस्पतालमा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई फलोअपका लागि पुनः शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ ।

१० दिनको उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका ओलीलाई डिस्चार्ज भएको छैटौँ दिन पुनः मनमोहन लगिएको हो ।

प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली दिउँसो ३ बजे डिस्चार्ज हुने

भिडियो सन्देशमार्फत सागले यस क्षेत्रका राष्ट्रबीच आझै बढाएको भन्दै उनले खेलाडी र आयोजकलाई बधाइ दिएका थिए । उनको स्वास्थ्यमा समेत केही समस्या देखिएपछि उनलाई मनमोहन लगिएको हो ।

मनमोहन मंगलबार नै उनको मिर्गौलाको डायलासिस गरिने भएको छ । यसअघि आठौँ पटक मिर्गौलाको डायलासिस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्