२० लाख घुस लिँदालिँदै समातिए २ इन्जिनियर

काठमाडौंः सडक डिभिजन कार्यालय चकचके प्यूठानमा कार्यरत दुई इन्जिनियरलाई २० लाख घुससहित पक्राउ गरिएको छ ।

डिभिजन कार्यालय प्रमुख (सीडीई) धुब्रकुमार श्रेष्ठ र इन्जिनियर निरज महर्जनलाई आज पक्राउ गरिएको हो ।

सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिएपछि उनीहरु पक्राउ परेका हुन् ।

याे पनि पढ्नुस  ‘माथिसम्म पैसा बुझाउनुपर्ने भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागे’

विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट श्रेष्ठ र महर्जनलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु भएको छ ।

२० लाख रकमसहित पक्राउ परेका उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।

कमेन्ट गर्नुहोस्