नेपाल–अमेरिका ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ जुन २६ देखि २८ सम्म हुँदै

वासिङ्गटन डीसीः नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र , छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्ने छन् । गत वर्षदेखि वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी थपिएको थियो ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोना भ्याक्सिनको परीक्षण जारी

२०२० मा पनि ‘डीएमभी क्लोजअप’ झन् बृहत गरिने छ । स्थापना देखिने ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्ने छन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिलाई पुरस्कृत पनि गरिने छ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुने छन् ।

याे पनि पढ्नुस  अमेरिकामा फेरि ह्वात्तै बढ्यो कोरोना

महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

गत जुनमा मेरिल्याण्डको एएफआइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रेगल सिनेमा ह्यास्भिलमा सम्पन्न महोत्सवमा निर्देशक बिनोद पौडेलको ‘बुलबुल’ उद्घाटन चलचित्र र निर्देशक प्रवीन स्याङ्ग्बोको चलचित्र ‘कथा ७२’ समापनमा प्रदर्शन भएको थियो ।

२०१८ मा उत्कृष्ट चलचित्र जित्न सफल ‘बिजुली मेसिन’ चलचित्र अमेरिका, युके र जर्मनीमा अमेजन प्राइमले उपलब्ध गराएको छ । महोत्सवले प्रत्येक वर्ष एउटा उचाइ बढाउदै लगेको छ । नेपाली मात्र होइन, अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मंचको रुपमा स्थापित गराउने लक्ष्य आयोजकको रहेको छ ।

याे पनि पढ्नुस  वृद्धको भेषमा अमेरिका जान लागेका एक युवक पक्राउ

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइटमा उपलब्ध छ ।

कमेन्ट गर्नुहोस्