पहिलो ‘स्टेट वान सिङ्गिङ आइडल’को फिनाले हुँदै

धरानः यही मसिंर २५ बुधबार धरानस्थित धरान सभागृहमा प्रदेश न. १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुँदैछ ।

रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिसन तथा निर्णायकको विभिन्न चरण पार गर्दै फिनालेको लागि ९ जना प्रतियोगी भिड्दै छन् ।

याे पनि पढ्नुस  धरानमा एक युवकद्धारा ढुंगाले किचेर श्रीमतीको हत्या

भोजपुरको सुदेश राई, झापाकी जस्मिन बराल, सुनसरीकी प्रिया लामा, उदयपुरकी शोभा तामाङ, पाँचथरको डेबिट लिम्बु, धनकुटाकी शान्ता लिम्बु, धनकुटाका हिमाल मगर, सुनसरीकी शोभा कुलुङ्ग र झापाका समिर मोते मध्येबाट एक जनालाई विजेता घोषणा गरिने भएको छ ।

प्रतिस्प्रधीहरुले फिनालेमा देखाउने आफ्नो गायन प्रस्तुतिबाट पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको छिनोफानो हुने आयोजकले जनाएको छ ।

याे पनि पढ्नुस  अदालतमा बयान दिँदा बेहोस भएका अभियुक्तको मृत्यु

बरिष्ठ गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ्ग आइडलको अन्य निर्णायकहरुमा दक्षिण कोरियामा एक समय कोरियन गीत गाएर नाम कमाएका गंगाराज राई र संगीतकार, गायक तथा प्राज्ञ रामकुमार राजधामी रहेका छन् ।

स्टेट वान सिङ्गिङ्ग आइडलको विजेताले भेस्पा स्कुटी, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार पुरस्कार पाउने छन् ।

कमेन्ट गर्नुहोस्