सागमा पदक विजेता खेलाडीलाई उपराष्ट्रपति पुनले दिए बधाई

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको तर्फबाट पदक जित्ने खेलाडीलाई बधाई दिएका छन् । आज बधाई सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले पदक प्राप्त गर्ने खेलाडीलाई बधाई दिएका हुन् ।

उपराष्ट्रपति पुनद्वारा जारी गरिएको सन्देशमा भनिएको छ, ‘१३ औं सागमा नेपालले ५१ स्वर्ण पदकसहित किर्तिमानी सफलता हासिल गरेको छ । ५१ स्वर्ण, ५९ रजत र ९२ कास्य गरी कूल दुई सय २ पदक जितेर नेपाल राष्ट्रको शीर उचो पार्नुहुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सम्बद्ध पदाधिकारीहरुमा बधाईसहित धन्यवाद व्यक्त गर्दछु । नेपालको तर्फबाट छनौट भएर देशको झण्डा फहराउँदै प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरुमा पनि बधाईसहित धन्यवाद व्यक्त गर्दछु ।’

उनले पाकिस्तानमा हुने १४ औँ सागमा नयाँ सफलता हासिल गर्ने लक्ष्यका साथ नेपाल सरकार र सम्बन्धित निकाय तयारीमा जुट्ने अपेक्षा लिएको बताएका छन् । उपराष्ट्रपति पुनले सागमा पदक विजेता खेलाडीलाई सरकारले उचित सम्मान गर्ने विश्वास समेत गरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्