कामबाट निकालिएकी महिलाले आत्महत्या गरेपछि राजमार्गमा चक्काजाम

जनकपुरधामः कामबाट हटाइएकी महिलाले आत्महत्या गरेपछि सिराहामा प्रदर्शन भएको छ । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सिराहास्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापनविरुद्व मंगलबार साँझ प्रदर्शन गरिएको छ ।

गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगले कामबाट हटाएकी मजदुर अनिता पासवानले आत्महत्या गरेपछि मजदूरहरुले पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै सिमेन्ट उद्योगबिरुद्व प्रदर्शन गरेका हुन् ।

याे पनि पढ्नुस  राष्ट्रपति विद्यादेवी भण्डारी विवाह पञ्चमीमा, जन्तीलाई सम्मान

सवानले आत्महत्या गरेको खबर पाएपछि उद्योगका मजदुरहरु कामकाज छाडेर प्रदर्शनमा उत्रेका थिए । उनीहरुले साँझ उद्योग अगाडि प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका छन् ।

विगत दुई बर्षदेखि मारुती सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ती दिनुपर्ने मजदुरहरुले माग राखेका छन् ।

याे पनि पढ्नुस  क्राइम पेट्रोलकी अभिनेत्रीले गरिन् आत्महत्या, के थियो अन्तिम स्टाटस ?

बुधबार बिहान बसेर यस सम्बन्धमा छलफल गर्ने मजदूर र उद्योग प्रशासनबीच सहमति भएपछि चक्काजाम खोलिएको छ ।

पासवान पछिल्लो एक दशकयता नियमित रुपमा काम गर्दै आएकी थिइन् । उद्योगले मजदूरको पारिश्रमिक कटौती गरेपछि उनी उद्योग व्यवस्थापनबिरुद्व बोल्दै आएकी थिइन् । सोही कारण उनलाई कामबाट निकालेर उद्योग व्यवस्थापनले मंगलबार प्रहरी लगाएर उद्योगको गेटभित्र छिर्न दिएका थिएनन् ।

कमेन्ट गर्नुहोस्