टी–२० सिरिजः वेस्ट इन्डिजविरुद्ध भारतको सम्भावित प्लेइङ–११

काठमाडौंः भारत र वेस्ट इन्डिजबीचको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ ।

भारत–वेस्ट इन्डिजबीचको यो ‘निर्णायक’ खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ ।

तीन खेलमो सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् । पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो ।

याे पनि पढ्नुस  भारतलाई पहिलो झड्का, सस्तैमा आउट भए रोहित

सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

सिरिजको दोस्रो खेलमा भारतीय टिमका मुख्य ब्याट्सम्यान रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यरको ब्याट चल्न सकेन ।

बलिङमा पनि भारतीय बलर महँगा सावित भए । टिमका मुख्य बलर मानिएका युजवेन्द्र चहलले दोस्रो खेलमा ३ ओभरमा बिनाविकेट ३६ रन खर्चिएका थिए ।

याे पनि पढ्नुस  भारतको चौथो विकेट पतन, अर्धशतक बनाउन चुके शिखर

यस्तै भुवनेश्वर कुमारले पनि ४ ओभरमा बिनाविकेट ३६ रन दिँदा अर्का फास्ट बलर दीपक चाहरले ३.३ ओभरमा बिनाविकेट ३५ रन दिन पुगे ।

सिरिजको दोस्रो खेलमा बलर र ब्याट्सम्यान नचल्दा पराजित भएको भारतले आज प्लेइङ–११ मा केही परिवर्तन गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले अघिल्लो खेलमा कुनै पनि खेलाडी परिवर्तन गरिएको थिएन ।

याे पनि पढ्नुस  भारतलाई पहिलो झड्का, सस्तैमा आउट भए राहुल

तेस्रो खेलका लागि भारतीय टिमको सम्भावित–११ः

रोहित शर्मा

केएल राहुल

विराट कोहली (कप्तान)

मनीष पाण्डे

ऋषभ पन्त

शिवम दुबे

रवीद्र जडेजा

वासिङटन सुन्दर

कुलदीप यादव

मोहम्मद शामी

युजवेद्र चहल

कमेन्ट गर्नुहोस्