युइएफए च्याम्पियन्स लिगः लिभरपुल बन्यो समूह विजेता

काठमाडौंः युरोपेली च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलले मंगलबार राति साल्सबर्गलाई २–० ले हरायो र समूह ई विजेता बन्यो ।

लिभरपुललाई जिताउन नावी केइटा र मोहम्मद सलाहले गोल गरे । उनीहरुले दोस्रो हाफमा २ मिनेटको अन्तरमा २ गोल गर्न सफल भएको थियो ।

यसै समूहको अर्को खेलमा नेपोलीले गेन्कलाई ४–० ले पराजित गर्न सफल रह्यो । समूह एच बाट भने अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले नकआउट चरणको यात्रा तय गरेको छ ।

यसका लागि उसले लिलेलाई २–१ ले हरायो । भ्यालेन्सियाले आयाक्सलाई १–० ले हराएर समूह विजेता बन्यो ।

दिनका अन्य खेलमा समूह ई मा बार्सिलोनाले इन्टर मिलानलाई २–१ र बोर्सिया डर्टमन्डले स्लाभिया प्रागलाई २–१ ले नै हरायो ।

यस्तै समूह जी मा बेनफिकाले जेनिथ सेन्ट पिटसबर्गलाई ३–० ले हरायो भने लियोन र लेपजिपले २–२ को बराबरी खेले ।

कमेन्ट गर्नुहोस्