वडाध्यक्ष नै बलात्कार आरोपमा पक्राउ !

फाइल फोटो

सप्तरीः बलात्कारको आरोपमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह पक्राउ परेका छन् । उनीसँगै एक अर्का व्यक्ति पनि पक्राउ परेका छन् ।

उनीहरूमाथि गाउँकै एक कुखुरा फर्ममा बोलाएर जबर्जस्ती करणी गरेको एक महिलाले आरोप लगाएकी छन् ।

३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्