कञ्चनपुरमा जंगली हात्तीको आक्रमणः २ को मृत्यु, ४ घाइते

कञ्चनपुरः कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा घाँस दाउरा गर्न गएका स्थानीयहरु जंगली हात्तीको आक्रमणमा परेका छन् ।

जंगली हात्तीको आक्रमणबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।

महाकाली नगरपालिका दोधारा चाँदनीका ५० बर्षिया हुलिदेवी बोहोरा र सोही ठेगानाको ३८ वर्षिया बसन्ती भट्टको मृत्यु भएको हो । जंगली हात्तीको आक्रमणबाट सोही ठेगानाका ३५ बर्षिया ललिता बोहोरा, ३४ बर्षिया सुनिता बिष्ट, ३२ बर्षिया उमा साउद र २४ बर्षिया सरिता ओझा रहेको स्थानीय प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्