अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित ६ जनाको मृत्यु

अमेरिकाः को न्युजर्सी शहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरीसहित ६ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा अन्य दुई प्रहरी घाइते भएको न्युजर्सीका मेयर स्वीटन फुलपले बताएका छन्।

न्युजर्सीको ग्रिनभिलेमा प्रहरी र बन्दुकधारीबीच करिब एक घन्टा गोली हानाहान भएको बीबीसीले जनाएको छ । स्थानीय संचारमाध्यमका अनुसार दुई बन्दुकधारीले सुरुवातमा अन्धाधुन्ध गोली हानेका थिए। त्यसपछि प्रहरीले जवाफी कारवाही थालेको थियो ।

बन्दुधारी को थिए भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । यस घटनामा मारिएका प्रहरी ३९ वर्षको जोसेफ सिल्स भएको जनाइएको छ ।

बन्दुकधारीहरु प्रहरीसँगको मुडभेडपछि ट्रकमा चढेर भागेका थिए । उनीहरुको खोजी भइरहेको छ । आक्रमण पछाडिको कारणबारे पनि यतिबेला अनुसन्धान सुरु भएको छ।

कमेन्ट गर्नुहोस्