अनलाइन र बैंकको सिस्टम ह्याक गरी १७ करोड ठगी, ३ जना पक्राउ

काठमाडौंः अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ परेका ३ जनालाई बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

उनीहरुले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर झण्डै १७ करोड रुपैयाँ ठगी गरेको पाइएको महाशाखाले जनाएको छ ।

उनीहरुले अनलाइनमार्फत चिट्ठा पर्यो भन्दै सर्वसाधारणको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्