टी–२० सिरिजः वेस्ट इन्डिजविरुद्ध रोहितको शानदार अर्धशतक

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतीय टिमका ओपनर तथा उपकप्तान रोहित शर्माले शानदार अर्धशतक बनाएका छन् ।

उनले समान ४ छक्का र चौकाको मद्दतमा २३ बलमा अर्धशतक बनाएका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो १९ औँ अर्धशतक हो ।

अघिल्लो खेलमा सस्तैमा आउट भएका रोहितले आज भने उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको हो । तीन खेलकाे सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् ।

पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो ।

सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

कमेन्ट गर्नुहोस्