कैलालीः सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा नदिइने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले भोलि सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा नरहेको बताए ।
संघिय सरकारले धर्म, संस्कृति र भौगोलिक क्षेत्र अनुसार विदा दिइएको भए पनि सुदूरपश्चिममा भने विदा नदिइएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
बिहीबार परेको उधौली पर्व, धान्य पूर्णिमा र योमरीपुका अवसरमा विदा हुने नहुने भन्ने अन्यौलता रहेका बेला प्रदेश सरकारले विदा नरहेको जनाएको हो ।
यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले पनि भोलि सार्वजनिक विदा नरहेको स्पष्ट पारेका छन् ।